टोकियो ओलम्पिक सम्पन्न, सर्वाधिक स्वर्ण सहित अमेरिकाले मार्‍यो बाजी

जापान । टोकियो ओलम्पिक २०२० आइतबार सकिएको छ । विश्व खेलकुदको महाकुम्भ ओलम्पिकमा सर्वाधिक स्वर्ण र कूल पदकसहित संयुक्त राज्य अमेरिकाले बाजी मारेको छ ।

अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्य गरी कूल ११२ पदक जितेर शीर्ष स्थान हासिल गर्दा चीन ८८ पदकसहित दोस्रो भयो । चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्य पदक जितेको थियो ।
यस्तै आयोजक जापानले पनि घरेलु मैदानको फाइदा उठाउँदै ओलम्पिकमा सर्वकालिन उत्कृष्ट नतिजा निकाल्यो । हालसम्म कै सर्वाधिक ९२७० स्वर्ण पदक जितेको जापानले १४ रजत र १७ कास्य जित्यो ।

कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेको टोकियो ओलम्पिकमा नेपाल सदाझैँ सहभागितामै सीमित भयो । नेपालको प्रतिनिधित्व गर्दै चार खेलका पाँच खेलाडीले ओलम्पिकमा सहभागिता जनाएका थिए ।

पौडीका गौरिका सिंह र एलेक्जेन्डर साह, सुटिङकी कल्पना परियार, एथ्लेटिक्सकी सरस्वती चौधरी र जुडोकी सोनिया भट्ट यसअघि नै सहभागिता जनाएर फर्किसकेका छन् ।

टोकियो ओलम्पिकमा यो वर्ष ८३ टोलीले फाइनलमा स्थान बनाएका थिए । त्यस्तै, ४३ टोली पोडियममा उपस्थित थिए । फाइनल पुगेका ८३ मध्ये २३ मुलुकले मात्रै स्वर्ण पदक जिते । यस्तै, टोकियो ओलम्पिकमा एथ्लेटिक्सतर्फ ३ विश्व कीर्तिमान, १२ ओलम्पिक कीर्तिमान, २८ एरिया रेकर्ड्स र १५१ राष्ट्रिय कीर्तिमान बने ।

नेपालका पनि तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका थिए । पौडीका गौरिका र एलेक्ससँगै सुटिङकी कल्पनाले आफ्नै कीर्तिमान सुधार गरेका थिए ।

पूर्वी एसियाबाट आइतबार विदा भएको ओलम्पिकको अर्को संस्करण २०२४ को जुलाई २६ देखि अगस्ट ११ सम्म फ्रान्सको पेरिसमा हुनेछ ।

कोरोना महामारीका बीच आयोजिच विश्व खेलकुदको कुम्भमेला आम्सिक दर्शकको भव्यरुपमा समापन गरिएको छ ।

तस्बिरमा टोकियो ओलम्पिक 















फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: