एनआरएनए जापानमा टकराबका बिच आजै सपथ गराउने निर्वाचन समितिको तयारी

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको गत जुलाई २५ मा उद्घाटन र ३० तारिख सम्पन्न निर्वाचनमा विजयी हुनेहरुलाई आज शपथ ग्रहन कार्यक्रम तय भएको छ ।

निर्वाचन समितिले तय गरेको शपथ कार्यक्रम रोक्न आग्रह गर्दा पनि सबै तयारी पुरा भएको भन्दै समितिले आजै शपथ गराउन लागेको हो ।
शनिबार मध्य रातमा एक सूचना प्रकाशन गरि एनआरएनए जापानको निर्वाचन समितिका प्रमुख आयूक्त डा.नेत्र प्रकाश भण्डारीले जानकारी गराउनु भएको छ ।

एनआरएनए जापानको निर्वाचनमा पराजित उम्मेदवारहरुले धाँधली भएको र निर्वाचन नै रद्ध गर्नु पर्ने माग, अध्यक्ष मण्डल र एनआरएनए एशिया प्याशिफिक क्षेत्रिय समितिका संयोजक गोविन्द श्रेष्ठले शपथ कार्यक्रम रोक्न अनुरोध गर्दा पनि निर्वाचन समितिले भने सबै तयारी पुरा भएको जानकारी गराउँदै सार्न असम्भव भएको भन्दै निर्वाचित उम्मेद्वारहरुलाई सपथ ग्रहण तोकेकै मितिमा गर्ने आयूक्त भण्डारीले मातृ सन्देश डट कमलाई बताउनु भयो ।
आयूक्त भण्डारीका अनुसार निर्वाचन सम्पन्न गरि सकेपछि सपथ ग्रहन गराउनु निर्वाचन समितिको दायित्व हो त्यसैले हाम्रो जिम्मेवार पुरा गरेर निर्वाचित समितिलाई जिम्मा दिने बताउनु भएको छ ।
यसअघि समितिले एनआरएनए जापानको निर्वाचनमा कुनै किसिमको धाँधली नभएको जानकारी गराएको थियो । निर्वाचन समिति निर्वाचित घोषणा गरिएका सम्पूर्ण उम्मेदवारहरुलाई शपथ कार्यक्रमका लागि शपथ कार्यक्रममा भाग लिन आह्वान गरेको छ ।

टकराबका विच हुन लागेको शपथ कार्यक्रममा केहि समस्या र होहल्ला हुने संकेत पाएसंगै नव निर्वाचित अध्यक्ष शिब प्रसाद पौडेलले सबै किसिमको सुरक्षाको ब्यवस्था हुने बताउनु भएको छ ।
यस्तो छ अध्यक्ष मण्डल र एनआरएनए एशिया प्याशिफिक क्षेत्रिय समितिका संयोजक गोविन्द श्रेष्ठ को शपथ कार्यक्रम रोक्न अनुरोध ब्यहोरा ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: