बिहिबार, बैशाख ०६, २०८१

दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन सरकारसँग एमालेको माग

काठमाडौं । नेकपा एमालेले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसामू औपचारिक विरोध जनाउन माग गरेको छ ।

बैठकको शुरूमै एमाले सांसदहरू उभिएर दार्चुला घटनाका सम्बन्धमा ध्यानाकर्षण गर्न समय मागेका थिए । त्यसपछि नेकपा एमालेका सांसद गणेश ठगुन्नाले घटनाका सम्बन्धमा भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध जनाउन माग गरेका छन् ।

उनले दार्चुला घटनाको विषयलाई लिएर संसदीय छानबिन समिति गठन गर्न तथा भारतसँग औपचारिक विरोध गर्न सरकारको ध्यानाकर्षण गराए । प्रत्यक्षदर्शीहरूले एसएसबीले तुइन काटेको बताएका र आफन्तले भारतीय थानामा गएर उजुरी दिएको समयमा सरकारले भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।