शुक्रबार, बैशाख ०७, २०८१

हंगेरी सरकारले २०२४ को ओलम्पिक आयोजकको जिम्मा नलिने

काठमाडौं,१२ फागुन । सन् २०२४ मा हुने ग्रिष्मकालीन ओलम्पिकको आयोजक बन्ने दौडबाट बुडापेष्ट पछि हटेको छ । हंगेरी सरकारका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।

२ लाख ६० हजारभन्दा बढी जनताले सरकारको यो योजनाको बिरोधमा हस्ताक्षर संकलन गरेका थिए । हंगेरीको विपक्षी पार्टीले पनि ओलम्पिक आयोजना गर्ने पैसा अस्पताल र बिद्यालयमा लगानी गर्न माग गरेको थियो ।

जर्मनीको हृयामवर्ग र इटलीको रोम शहर ओलम्पिक २०२४ को आयोजक बन्ने दौडबाट यसअघि नै बाहिरिइसकेका छन् । अव यस दौडमा अमेरिकाको लस एन्जलस र फ्रान्सको पेरिस छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आइओसीले आगामी सेप्टेम्बरमा पेरुमा आयोजना हुने कार्यक्रममा आयोजकको टुंगो लगाउनेछ ।

हंगेरी सरकारका प्रवक्ता जोल्टान कोभाक्सले रोयटर्ससँग भने कि प्रधानमन्त्री भिक्टर ओर्बान, बुडापेस्टका मेयर इस्त्भान टार्लोस र हंगेरी ओलम्पिक कमिटीबीचको छलफलपछि आयोजकको दौडबाह बाहिरिने निर्णय भएको हो ।

ग्रिष्मकालीन ओलम्पिकमा सबैभन्दा धेरै मेडल जित्ने १० मुलुकहरुमध्ये अहिलेसम्म ओलम्पिकको आयोजना नगरेको मुलुक हंगेरी मात्र हो