टोकियो ओलम्पिकको नवौं दिनः २१ स्वर्ण पदकसहित चीन शिर्ष स्थानमा

जापान । टोकियो ओलम्पिकको नवौं दिन आज ११ खेलमा २५ स्वर्ण पदकको लागि भिडन्त भईरहेको छ । आज पौडीमा ५ वटा स्वर्ण पदकको भिडन्त भइरहेको छ भने एथ्लेटिक्स र जिम्न्याष्टिकका चार ÷ चार वटा स्वर्ण पदकको छिनोफानो हुँदैछ ।

टोकियो ओलम्पिकको नवौं दिन अहिलेसम्म पदक तालिकामा २१ स्वर्ण पदकसहित चीन शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको जापानको १७ स्वर्ण पदक छ भने १६ स्वर्ण पदकका साथ अमेरिका तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको रुसी ओलम्पिक कमिटिले ११ स्वर्ण पदक जित्दा १० वटा स्वर्ण पदक हात पारेको अष्ट्रेलिया पाँचौ स्थानमा छ ।

टोकियोमा अहिलेसम्म कुल ४९ देशले स्वर्ण पदक जित्दा ७६ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: