बिहिबार, बैशाख ०६, २०८१

थप ३८९९ मा कोरोना संक्रमण,१७७८ जना संक्रमणमुक्त,२० को मृत्यु

काठमाडौं । नेपालमा थप तीन हजार आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाबाट १२ हजार ६ सय ५५ जनाको पीसीआर र चार हजार आठ सय ६३ जनाको एन्टिजेन गरी १७ हजार पाँच सय १८ जनाको नमुना परीक्षण गर्दा तीन हजार आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ४२ हजार आठ सय १७ पुगेको छ ।

यस्तै मंगलबार एक हजार सात सय ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ जना पुगेको छ । यसैगरी, थप २० जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसंगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार सात सय ५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।  क्वारेन्टाइनमा ३५६ जना रहेका छन् भने आइसोलेसनमा २८८३६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।