शुक्रबार, बैशाख ०७, २०८१

एनआरएनए आईसीसी सदस्यमा जापानबाट डा.बलराम श्रेष्ठद्वारा उम्मेद्वारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) सदस्यमा जापानबाट डा. बलराम श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
आगामी कार्यकाल २०२१-०२३ को लागि एनआरएनए आईसीसी सदस्यमा जापानबाट डा.श्रेष्ठले उम्मेदवारी दिएका हुन ।

जापानमा क्रियाशील एक मात्रै नेपाली अन्तर्राष्ट्रिय अधिवक्ता आफ्नो पेशाको कारण जापानवासी नेपाली समुदायसंगै जापानी समुदायमा पनि परिचित डा.श्रेष्ठले जापानमा रहँदा आईपर्ने विविध कानुनी समस्याहरुको समाधान मात्रै नभई जापानमा नेपालीहरुलाई व्यवसायीक मार्गमा लाग्न सहजिकरण गर्दै आएका छन् ।

जापानमा आफ्नै ल फर्म संचालन गर्दै आएका श्रेष्ठ, व्यवसायीक जिवनसंगै सामाजिक जिवनमा पनि विगतदेखिनै उत्तिकै सक्रिय रहँदै आएका छन् । उनले हालसम्म थुप्रै सामाजिक तथा प्राज्ञिक संघ/संस्थाहरुलाई प्रत्यक्ष/ परोक्ष योगदान दिईसकेका छन् । जापानमा रहेर निरन्तर जापान – नेपालबिचको एउटा आर्थिक, सामाजिक तथा वौद्धिक सम्बन्ध विकासमा पुलको भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ एनआरएनए अभियानमा स्थापना कालदेखिनै सक्रिय रहँदै आएका छन् । श्रेष्ठ सन २००३ मा एनआरएनए जापानको विधान ड्राफ्ट समिति हुँदै,सन २००७ देखि २०११ सम्म एनआरएनए जापान चुगोकु चुहो क्षेत्रको संयोजक, एनआरएनए जापानको उच्चस्तरीय विज्ञ समिति,एनआरएनए उच्चस्तरीय छानबिन समिति,एनआरएनए अन्तर्राष्ट्रिय फाउन्डेसनको संस्थापक सदस्य,एनआरएनए जापानको निर्वाचन अधिकृत लगायतका जिम्मेवारीहरुमा रहिसकेका छन् । यसका अलवा उनि नेपाल चेम्बर अफ कमर्सको जापानस्थित वाणिज्यदूतका रुपमा पनि क्रियाशिल रहँदै आएका छन् ।

श्रेष्ठले नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जापानको टोकियो कृषि तथा प्रविधि विश्वविद्यालय/टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट विद्यावारिधी गरेका छन् ।