एनआरएनए आईसीसी सदस्यमा जापानबाट शेरचनको उम्मेद्वारी, सहमतिको लागि सबैलाई आग्रह

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को २०२१-०२३ कार्यकालको सदस्यमा जापानबाट सफल ब्यवसायी रोविन शेरचन (रविन) ले उम्मेद्वारी दर्ता गरेका छन् ।

जापानमा ब्यवसायीमा सफल, विचारमा स्पष्टता, सहयोगी मनका ब्यक्तित्व शेरचनले उम्मेद्वारी दर्ता गरेका हुन । जापानमा ब्यबसायिक सफलता हासिल गर्न सफल शेरचनले एनआरएनए आईसिसी सदस्यमा उम्मेदवारी दिएको मातृ सन्देश डट कमलाई जानकारी दिनुभयो ।

सामाजिक उत्तरदायित्व बहनका लागि मेरो सक्रियता, लगनशिलता र जिम्मेवारी बोधका साथ मेरो अग्रसरता नाराका साथ शेरचनले आगमी दिनमा मातृभूमिको लागि सहयोग गर्न एनआरएन अभियानमा लागेको बताउनु भयो । उम्मेद्धार शेरचनले सबै संग सहमति, सहकार्य गरि अभियानमा लाग्नेलाई आईसीसी सदस्यको लागि मतदान नगरि सहमतिकै आधारमा आग्रह गर्नु भएको छ ।
टोकियोमा जापानिजहरुलाई फुड एन्ड बेभरेजको तालिम कक्षाहरु संचालन गरेका शेरचनले जापानमा नेपाली, जापानिज, युरोपियन स्टाईलका २७ वटा विभिन्न रेष्टुरेन्टहरु संचालन भईरहेका छन ।
एनआरएनए जापानका वर्तमान सल्लाहकार, नृपाी ब्यवसायी संघ जापानका सदस्य शेरचनले नेपाली र मातृभूमिका लागि योगदान गर्न एनआरएनए आईसिसी सदस्यमा उम्मेद्वारी दिएको बताउनु भयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: