एनआरएनए आईसीसी सदस्यमा जापानबाट नरबहादुर थापाको उम्मेद्वारी

जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आईसीसी) को २०२१-०२३ कार्यकालको सदस्यमा जापानबाट नरबहादुर थापाले उम्मेद्वारी दिएका छन ।

एनआरएनए जापानमा १२ वर्षसम्म काम गरेका थापाले आगामी कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेद्वार दिएका हुन ।
`
लामो समयअघिबाट जापानमा ब्यवसायी गर्दै आएका थापा नेपाली व्यवसायी संघ जापानको कोषाध्यक्ष समेत हुन । स्पष्ट बिचार राख्न सक्ने पारदर्शी स्वभावका थापा गलकोट समाज जापानका पूर्वअध्यक्ष र चितवन समाज जापानको सल्लाहकार समेत छन ।

यस्तो छ नरबहादुर थापाको उम्मेद्वारी घोषणाको सार !

जापानबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक नमस्कार

गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ को अधिवेशनले विश्वभर रहेका नेपालीहरूमा एकखालको चहलपहल सृजना गरिरहेको परिप्रेक्ष्यमा एनआरएनए जापानमा पनि  जुलाई २५-२७ सम्म राष्ट्रिय समन्वय परिषदको अधिवेशन तथा निर्वाचन हुन गैरहेको यहाँहरू सम्पूर्णलाई अवगत नै छ ।

क्षेत्रका अधिवेशन सम्पन्न भैसकेका छन र केन्द्रको अधिवेशनले माहौल तातिरहेको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद जापानमा १२ वर्ष निरन्तर रूपमा कार्यकारी भूमिकामा रहि यस अभियानमा आफ्नो योग्यता र क्षमताले भ्याएसम्म सक्रियतापूर्वक भूमिका निर्वाह गरेको छु । एनआरएनएको अभियानमा सक्रियतापूर्वक क्रियाशील रहदै गलकोट समाज जापानको अध्यक्ष र हाल संरक्षक रही समाज सेवामा आफ़नो योगदान दिएको छु ।  चितावन समाज जापानको सल्लाहाकारमा छु, नेपाली व्यवसायी संघ जापानको कोषाध्यक्ष पदमा रहेर समेत सामाजिक कार्यमा रहदै आएको छु ।

संस्थालाई नेपाली समुदायप्रति उत्तरदायी भै अभिभावकीय भूमिका प्रदान गर्न, सस्थाको सौन्दर्य विधि पद्धति र आर्थिक अनुशासन हो भन्ने मान्यतालाई स्थापित गराउन मेरो योगदान प्रदान गर्ने छु । नेपाली समुदायको लागि, सन्तुलित, संस्थागत, जवाफदेही र समावेशी एनआरएनए निर्माणका लागि आउनुहोस सबै मिलेर एक सुन्दर समाज निर्माणमा हातेमालो गरौ भन्ने मान्यता राखी अन्तराष्ट्रिय समन्वय परिषद आइसीसीको सदस्य पदमा आफ्नो उम्मेदवारी दाबी गरेको छु ।

नेपाली समुदायको आविभावकीय भूमिका प्रदान गर्ने एनआरएनए संस्थामा रहेर कार्य गर्ने मेरो दृढ़ इच्छाशक्तिलाइ हौसला संगै सहयोग गर्नुहुनेछ भन्ने पूर्ण विश्वासका साथ सम्पूर्ण जापानबासी नेपाली आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरुमा सहयोग समर्थन सदभाव र अमूल्य मतदानको लागि हार्दिक अपिल गर्दछु  ।

धन्यवाद

नरबहादुर थापा
अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को २०२१-०२३ कार्यकालको सदस्य पदको उम्मेद्वारी

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: