बिहिबार, बैशाख ०६, २०८१

नेफिन कान्साई क्षेत्रिय कार्यसमितिको अध्यक्षमा भविन्द्र कुलुङ राई सर्वसम्मत चयन

जापान । नेपाल आदिवासी जनजाती महासंघ कान्साई क्षेत्रीय कमिटिको अध्यक्षमा भबिन्द्र कुलुङ्ग राई सर्वसम्मत चयन भएको छ ।

मंगलबार भएको कमिटिको प्रथम अधिवेशनबाट भबिन्द्र राईको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । कमिटिको उपाध्यक्षमा क्रान्ति तामाङ्ग  र रजन्ती साम्पागं राई, सचिवमा लोकमान पुनमगर सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै सह–सचिव दुर्ज धिमाल, कोषाध्यक्षमा आनन राई, सह–कोषाध्यक्षमा निमा शेर्पा निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा देउमान तामाङ, सम्झना राई, सुबाश कोही राई, विशाल राई, सुरज चौधारी, पुनम चौधारी, निरा श्रेष्ठ, देबेन्द्र गुरुङ, नरेन मोक्तान, मधु गुरुङ, लगन राई, सुरज राई, विनोद लामा, मिलन लिम्बु निर्वाचित भएका छन ।

नेपाल आदिवासी जनजाति महासंघको क्षेत्र विस्तार गर्ने क्रममा कान्साई क्षेत्रिय कार्यसमिति ७ औँ क्षेत्रको रुपमा विस्तार गरेको हो । महासंघका संघीय अध्यक्ष जगत बरामको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम अधिबेशन नेपाल आदिबासी जनजाति महासंघ केन्द्रका उपाध्यक्ष तथा विदेश विभाग इञ्चार्ज गोबिन्द छन्त्याल,आदिवासी जनजाती अभियान्ता आङकाजी शेर्पा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काङमाङ राई, नेफिन जापानका पुर्व अध्यक्ष ओम गुरूङ , जापानका कार्यवाहक अध्यक्ष अनिता गुरूङ, जसपा जापानका अध्यक्ष पेम्बा शेर्पा, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, जापानका प्रवक्ता शिदार्थ श्रेष्ठ, नेफिन क्यस्यु क्षेत्रिय कार्यसमितिका अध्यक्ष रोशन राई, सचिव सन्तमान शाक्य , नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिज जापानका अध्यक्षस् फुर्वा शेर्पा, एनआरएनए जापान क्युस्युका संयोजक अर्जुन थापा लगाएत जापानमा रहेको विभिन संघ संस्थाको अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थितिमा भर्चुवल जुमबाट सम्पन्न गरिएको थियो ।

निर्वाचित कार्यसमितिका संयोजक भविन्द्र कुलुङ राईले आगामी दिनहरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा सहित यस कार्यक्रम सफल पार्नको लागि उपस्थित सम्पूर्ण अतिथिहरू,विभिन्न तह र तप्काबाट सहयोग गर्नुहुने आदरणीय व्यक्तित्वहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यबाद व्यक्त गरेका थिए ।

यस्तै, नेफिन कान्साई क्षेत्रीय कमिटिले आगामी दिनहरूमा आदिवासी जनजाती समुदायको क्षेत्रमा रचनात्मक कार्यक्रमहरु मार्फत सकारात्मक भूमिका निर्वाह गर्ने नेपाली समुदायमा नेफिनलाई फरक र नेतृत्वदायि भुमिकाको संस्थाको रुपमा विकास गर्ने पनि अध्यक्ष राईले बताए । कार्यक्रममा उपस्थित विभिन्न व्यक्तिहरुले आफ्नो धारणा राखेका थिए ।