एनआरएनए जापान क्षेत्रिय समिति चिवाको दोश्रो अधिबेशन सम्पन्न, संयोजकमा रेग्मी चयन

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्षेत्रिय समिति चिवाको दोश्रो अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबााट क्षेत्रिय समितिको संयोजकमा मुक्तिराज रेग्मी चयन हुनु भएका छ ।

आइतबार सम्पन्न दोश्रो अधिबेशनले रेग्मीलाई संयोजकमा चयन गर्दै उपसंयोजकमा राजन भट्टराई र सुरज राई, सचिबमा शंकर सुबेदी, सहसचिबमा रमेश गिरी, कोषाध्यक्षमा समिर जंग खड्का, सहकोषाध्यक्षमा टेकराज सोम थापा सर्बसहमतिबाट चयन गरेको छ ।

त्यसैगरी सदस्यहरूमा खगेन्द्रप्रसाद भट्ट, मोहन कार्की, यामलाल कंडेल, विक्रम गुरूङ सर्बसहमतिबाट छनोट एका हुन् । रिक्त रहेका केहि पदहरुमा भने कार्यसमितिले पछि आवश्यक सरसल्लाह र परामर्श अनुरुप थप गर्ने जनाएको छ ।

एनआरएनए जापानको क्षेत्रिय समिति चिवाको दोश्रो अधिबेशन सम्पन्न् गर्न रामकृष्ण बम मल्ल्, आनन्द कोईराला र सजीब राईको तिन सदस्यीय निर्वाचन समितिले नयाँ टिम सर्वसहमति चयन गरेको थियो ।

एनआरएनए जापानको क्षेत्रिय समिति चिवाको नयाँ पदाधिकारीहरुलाई एनआरएनए जापानकी कार्यबहाक अध्यक्ष अनिता गुरूङले सपथ ग्रहण गराउनु भएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: