बिहिबार, बैशाख १३, २०८१

कोभिडका कारण चीनद्वारा उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण स्थगित

काठमाडौँ । चीनले उत्तरी मोहडाबाट हुने सगरमाथा आरोहण अनिश्चितकालका लागि स्थगित गरेको छ । नेपालमा कोरोना संक्रमण बढिरहेको र त्यसको असर आधार शिविरसम्म देखिएको भन्दै चीनले आरोहण स्थगित गरेको हो ।

नेपाली मोहडाबाट चीनमा संक्रमण भित्रिन सक्ने भन्दै आरोहण स्थगित गरिएको समाचार संस्था एपीले चिनियाँ न्यूज एजेन्सी सिन्हवालाई उदृत गर्दै जनाएको छ । शुक्रबार चिनियाँ खेलकुद प्रशासनले सूचना जारी गर्दै आरोहण स्थगित भएको जनाएको हो । चीनमा पछिल्लो समय कोरोना भाइरस नियन्त्रणमा रहेको छ ।

चीनले यस सिजनमा ३८ जनालाई मात्रै सगरमाथा आरोहणको अनुमति दिएको थियो । उनीहरु सबै चिनियाँ नागरिक रहेको एपीले जनाएको छ । नेपालले भने यस वर्ष ४ सय ८ जनालाई सगरमाथा आरोहणको अनुमति प्रदान गरेको छ ।