मातृभूमिको लागि एनआरएनए चिबाको आर्थिक संकलन अभियान जारी

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए चिबा क्षेत्रीय समितीले आर्थिक अभाब र विपन्न वर्गका कोरोना संक्रमित बिरामीहरुको लागि सहयोग संकलन अभियान थालेको छ ।
विपन्न वर्गको लागि निशुल्क उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ आर्थिक संकलन अभियान सञ्चालन गरेको छ ।

एनआरएनए चिबा क्षेत्रीय समितिको अगुवाईमा फुनाबाशी हेल्प डेक्स र जनसहयोग जापान ग्रुपको सहकार्यमा आर्थिक संकलन अभियान चलाएको हाे । संकलित रकम नेपालको अति विपन्न वर्गको कोरोना सङ्क्रमितको उपचारको लागी जनमैत्री अस्पताल,रग्यालेक्सी टिभी, बि लामिछाने फाउन्डेसनको सहकार्यमा बिपन्नका लागि १२० बेडको अस्पताललाई सहयोग गर्ने जनाएको छ ।
कोरोना राहत संकलन समुह जपान भनी सहयोग अभियान चलाएको एनआरएनए चिबाले सहयोगका लागी जापानबासी नेपालीलाई अनुराेध समेत गरेको छ । चिबा क्षेत्रीय संयोजक बिश्व सुवेदीले सहयोगीहरुमा आभार तथा धन्यवाद व्यक्त गर्दै सहयोग रकम उठ्ने क्रम अझै जारी रहेकोले सहयोग निरन्तर रहने छ भन्ने आशा गरेको पनी बताउनुभयो ।

यस बिपतको बेलामा सहयोग गर्न चाहानु हुन्छ भने समिर जंग खड्का 080-4095-0374 , फूनाबासी हेल्प डेक्सका दिनेश गौतम 090-3575-5239, जनसहयोग जापान ग्रुपका राज पुरी 080-2398-1955, सन्तोष घिमिरे (तोचिगी) 080-3545-6556 मा सम्पर्क गर्नसकिने कोषाध्यक्ष मुक्तिराज रेग्मीले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: