शुक्रबार, बैशाख १४, २०८१

रकेट आक्रमणको निशानामा तेल अविव,गाजाको १३ तले भवन ध्वस्त,३५ जनाको मृत्यु

इजरायल । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ ।

इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको बताइएको छ । प्यालेष्टाइनी लडाकु समुह हमास र इजरायली सेनाबीच जारी हिंसाकै क्रममा भएका रकेट र हवाई आक्रमणमा दुवैतर्फ गरि ३५ जनाको मृत्यु भएको छ ।

सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो । यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सीमा रेखा नाघेका प्रतिक्रिया दिंदै यसको मुल्य चुकाउनुपर्ने चेतावनी दिए। तर हमासले भने इजरायलले जबरजस्ती रुपमा आक्रमण गरेको भन्दै प्रतिकार गर्ने जवाफ दिएको छ ।

इजरायल र प्यालेस्टाइनबीच पछिल्ला समय जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिदमाथि दाबीको विषयले हिंसा चुलिएको हो । इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल दाबी गरेपछि यही मस्जिदको बिषयमा दुई देशबीच तनाब बढेको हो । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् ।