एकैदिन ४ हजार भन्दाबढी कोरोना संक्रमणमुक्त,८७७७ संक्रमित थपिए

काठमाडौं । नेपालमा थप आठ हजार आठ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, काठमाडौँमा ३ हजार १६१ जना, भक्तपुरमा ५०४, ललितपुरमा ५३३ जना गरी काठमाडौँ उपत्यकामा ४ हजार १९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ  ।

यस्तै आईतबार थप ७८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ७८ जनाको ज्यान गएको हो । आईतबार ४ हजार २२ जना निको भएर डिस्चार्ज पनि भएका छन् । अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: