भारतमा एकैदिन ३ लाख ८२ हजार संक्रमित थपिए,३७ सय बढीको मृत्यु

भारत । कोरोना भाईरस संक्रमणको दोस्रो लहरको  ‘हटस्पट’ बनेको भारतमा एकैदिन ३७ सय ८६ संक्रमितको मृत्यु भएको छ । भारतमा मृतक संख्या पनि पछिल्ला केही सातायता दिनदिनै बढ्द क्रममा रहेको छ । हालसम्म भारतमा मृतक संख्या २ लाख २६ हजार १६९ पुगेको छ ।

यस्तै, दैनिक संक्रमण वृद्धिका आधारमा विश्वकै अतिप्रभावित मुलुक भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ६९१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसअघि भारतमा पहिलो पटक गत शनिबार कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । त्यसयता दैनिक संक्रमित संख्या केही घटेको छ ।भारतमा कुल संक्रमितको संख्या २ करोड ६ लाख ५८ हजार २४३ पुगेको छ ।

हालसम्म भारतमा १ करोड ६९ लाख ३८ हजार ४०० सय जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३४ लाख ९३ हजार ६६५ रहेको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: