शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानले कोरोनाबाट प्रभावित बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानको सचिवालयको आकस्मिक बैठकले कोरोनाबाट प्रभावित नेपालको बाँके जिल्लालाई ५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।
यहि मे ३ तारिख बसेको एनआरएनए जापानको सचिवालय बैठकले सो रकम सहयोग गर्ने निर्णय गरेको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । साथै बैठक एनआरएनए आइसीसीले सुदुरपश्चिममा उपलब्ध गराउने ब्लड बैँक बसको लागि पनि १ लाख रुपैँया सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

बाँके जिल्ला र उक्त जिल्लामा अवस्थित भेरी अञ्चल हस्पिटलमा कोभिड-१९ को संक्रमणबाट संक्रमित बिमारी अत्याधिक रुपमा रही गम्भीर स्थिति रहेकोले सहयोग कहाँ र कसरी गर्ने भन्ने वारे सम्बधित हस्पिटल र स्थानिय निकायसंग समन्वयको निम्ति महासचिव जनक बिक्रम शाहीलाई जिम्मेवारी दिईएको छ । साथै सोही अभियानमा बाँके बर्दिया मैत्री समाजले पनि सहयोग अभियान चलाई रहेकोले उक्त संस्था संग समन्वय गरी संयुक्त रुपमा सहयोग गर्ने वारेमा प्रवक्ता  श्रेष्ठलाई जिम्मेवारी  दिईएको छ ।

उक्त क्षेत्रमा बाँके बर्दिया मैत्री समाज जापानले पनि सहयोग संकलन गरि संयुक्त रूपमा सहयोग हस्तान्तरण गर्ने जनाएको छ ।