विल गेट्स र मेलिन्डाद्वारा विवाहको २७ वर्षपछि सम्बन्ध विच्छेद

माइक्रोसफ्टका संस्थापक विल गेट्स र पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गरेका छन् । उनीहरुले २७ वर्षको वैवाहिक जीवन अन्त्यको घोषणा गरेका हुन् । विल र मेलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्।

विश्वभर उदाहरणीय जोडीको रुपमा रहेको र सामाजिक कामबाट समेत सधै चर्चामा रहने यो जोडीको सम्बन्ध विच्छेदले धेरैलाई आश्चर्यमा पारेको छ। ।

उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘धेरै सोच–विचार र हाम्रो सम्बन्धमा काम गरेपछि हामीले हाम्रो सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं।’ अलग भएपछि पनि दुवैले विल एण्ड मिलिन्डा फाउन्डेसनको काम जारी राख्ने बताएका छन् ।

सन् २००० मा स्थापना गरिएको यो फाउन्डेसनले अहिलेसम्म विश्वभर विभिन्न क्षेत्रमा लगभग ५४ बिलियन डलरको सहयोग गरिसकेको छ । विश्वकै धनि व्यक्ति मध्येका एक ६५ वर्षीय विल गेट्स र ५६ वर्षीय मिलिन्डाको भेट माइक्रोसफ्ट मै भएको थियो।

जसमा बिल प्रमुख कार्यकारी अधिकृत थिए भने मिलिन्डाले माइक्रोसफ्टमै प्रोडक्ट म्यानेजरको रुपमा कम शुरू गरेकी थिइन् । दुवैले सन १९९४ मा विवाह गरेका थिए।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: