इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा ३८ जनाको मृत्यु

इजरेलमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।

माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भेला भएको दशौँ हजार मानिसबीच भागदौडमा मच्चिँदा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । घटनास्थलमा घाइतेहरुको उद्धार र उपचार भइरहेको तर धेरै भीड भएकाले उद्धार कार्यमा कठिनाइ भएको उद्धारकर्मीहरुले बताएका खबरमा उल्लेख छ ।

वार्षिक रुपमा हुँदै आएको पर्व मेला गएको वर्ष कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण रोकिएको थियो । यस वर्ष अत्याधिक भीडभाड रहेकाले कोरोना सङ्क्रमण थप फैलने जोखिम समेत बढेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: