भारतमा थप तीन लाख ६२ हजारलाई कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण उच्चदरमा बढिरहेको छ । विगत केही दिनदेखि निरन्तर बढिरहेको संक्रमितको संख्या दैनिक तीन लाख नाघ्न थालेको हो । पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ६२ हजार ९०२ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख २३ हजारभन्दा बढी संक्रमित थपिएका थिए ।

कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ७९ लाख नाघेको छ । भारतमा दैनिक रुपमा संक्रमणबाट हुने मृत्युदरसमेत बढिरहेको छ।

पछिल्लो केही दिनयता दैनिक मृतकको संख्यामा समेत रेकर्ड बन्न थालेको हो । पछिल्लो २४ घण्टामा ३२ सय ८५ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १ हजार १६५ पुगेको छ । संक्रमितमध्ये एक करोड ४८ लाखभन्दा बढी निको भइसकेका छन् करिब ३० लाख सक्रिय संक्रमित रहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: