भारतमा कोरोना भयावह,एकैदिन ३ लाख ३२ हजारमा संक्रमण,अस्पतालहरु अक्सिजनविहीन बन्दै

भारत । कोरोना भाईरस संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

पछिल्ला केही दिनयता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार दोस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।

यसअघि बिहिबार भारतमा दोस्रो धेरै ३ लाख १५ हजार ८०२ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ हजार २५६ जनाको मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको संख्या १ लाख ८६ हजार ९२८ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ३६ लाख ४१ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् भने अझै सक्रिय संक्रमितको संख्या २४ लाख २८ हजार ७७५ छ रहेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा थप २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएको छ भने ३०६ जनाको मृत्यु भएको छ । योसँगै दिल्लीमा मात्रै कोरोनाले मृत्यु हुनेको संख्या १३ हजार १९३ पुगेको छ। यस्तै दिल्लीमा सक्रिय संक्रमितको संख्या ९१ हजार ६१८ पुगेको छ ।

संक्रमण बढेपछि दिल्लीमा एक हप्ताको लकडाउन गरिएको छ भने सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

कोरोनाभाइरसको सङ्क्रमण अस्वाभाविक रूपमा बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ । महामारीबाट अत्यन्तै प्रभावित मध्येको राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन चरम अभाव भएको चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: