शुक्रबार, चैत १६, २०८०

विश्वमा कोरोना संक्रमितको संख्या १४ करोड ३५ लाख नाघ्यो,१२ करोड १८ लाख संक्रमणमुक्त

विश्वमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्न थालेको छ । कोरोनाको दोस्रो र तेस्रो लहर सुरु भएका विभिन्न देशमा लकडाउन, कर्फ्युलगायत कडाइका कदमहरु चालिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या ३० लाख ५६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय भन्दाबढीको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ३० लाख ५६ हजार ४ सय भन्दा बढी पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ८ लाख ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ करोड ३५ लाख १९ हजार ९ सयबढी पुगेको छ । हालसम्म विश्वमा १२ करोड १८ लाख ७५ हजार भन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । संक्रमितमध्ये १ करोड ८५ लाख ८८ हजार भन्दाबढी सक्रिय संक्रिमत रहेका छन् भने १ लाख ९ हजार भन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

कोरोनाले सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ५ लाख ८२ हजार ४४८ जनाको मृत्यु भएको छ भने ३ करोड २५ लाख ३५ हजार भन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५९ हजार भन्दाबढी संक्रमित थपिएका छन् । यस्तै ब्राजिलमा पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ४ सय भन्दाबढीको ज्यान गएको छ । योसँगै ब्राजिलमा ज्यान गुमाउनेको सङ्ख्या ३ लाख ७८ सय ५ सय भन्दा धेरै भएको छ । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९४ हजार २ सय भन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् ।