बिहिबार, बैशाख ०६, २०८१

नेपाल-जापान सम्बन्ध थप मैत्रीपूर्ण बनाउन मिडियाले भूमिका खेल्नुपर्छ : मन्त्री गुरुङ

इन्दिरा खनाल,जापान । संचार तथा सुचना प्रविधि मन्त्री पार्वत गुरुङले जापान र नेपालको सम्बन्ध थप मैत्रीपूर्ण बनाउन नेपाली मिडीयाले भूमीका खेल्नुपर्ने बताउनुभएको छ ।
मातृ सन्देश डटकमको ५ औं वार्षिक उत्सवको अवसरमा अनलाईनबाट शुभकामना दिनु हुँदै मन्त्री गुरुङले दुई देशको सम्बन्ध थप मजबुद बनाउन प्रवासबाट संचालित नेपाली मिडीयाले भूमिका खेल्नुपर्ने बताउनुभएको हो ।
आइतवार जापानको टोकियोमा आयोजित कार्यक्रममा अनलाईनबाट जोडिनुभएका सरकारका प्रवक्ता समेत रहनु भएका संचारमन्त्री गुरुङले जापान र नेपालको सम्बन्ध पहिले देखि नै सुमधुर रहेकाले यसलाई थप शसक्त र मजबुद बनाउन नेपाली मिडियालाई आग्रह गर्नुभयो । जापान सूचना र प्रविधीमा निकै अगाडी रहेकाले मिडीयाले त्यसको उच्च प्रयोग गर्दै नेपाल र नेपाली समुदायलाई सत्य, तथ्य र बिश्वसनिय सुचना सम्प्रेषण गर्न सुझाव समेत दिनुभयो ।
मन्त्री गुरुङले सूचना र संचारको क्षेत्रमा जापानबाट संचालित मिडीयाहरुलाई नेपाल सरकार र संचार मन्त्रालयले आवश्यक सहयोग गर्ने आश्वासन दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले जापानका नेपाली मिडीयाले नेपाली समुदायलाई सूसुचित गर्न अग्र स्थानमा रहेर काम गरेको बताउनुभयो । राजदूत राणाले मातृ सन्देशले जापानमा खेलेको भूमिका अतुलनीय रहेको र अझै प्रगतिको कामना गर्दै जापान सरकारबाट आउने सूचनालाई नेपाली भाषामा अनुबाद गरी नेपाली भाषी मिडियाले नेपाली समुदायसम्म पुर्याउने र नेपालीका हरेक गतिविधीमा सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
वार्षिक उत्सव कार्यक्रममा एनआरएनए आइसीसी सदस्य ददिवल खड्का,एनआरएनए जापानका अध्यक्ष देबीलाल भण्डारी, एनआरएनए जापानका पूर्वअध्यक्ष ओम गुरुङ, सल्लाहकार शिबप्रसाद पौडेल, नेपाली ब्यवसायी संघका सचिब बाबुराम पौडेल, दोलखा समाज जापानका अध्यक्ष महेश खड्का, एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठ,कानुन ब्यवसायी बलराम श्रेष्ठ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष संजीब राई, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष तिलक मल्ल लगाएले शुभकामना दिनु भएको थियो ।
मातृ सन्देश डटकमका निर्देशक बिजय थकालीको अध्यक्षता र प्रधानसम्पादक शान्तकुमार पहरीको संचालनमा भएको सम्मान तथा क्यालेन्डर विमोचन कार्यक्रममा सहसम्पादक हिमाल लामाले स्वागत मन्तब्य दिनु भएको थियो ।