बिहिबार, बैशाख ०६, २०८१

भारतमा एकैदिन दुई लाख १६ हजारमा संक्रमण पुष्टि, एक हजार भन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणले दिनदिनै नयाँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ लाख १६ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने एक हजार १८३ जना संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ८७ हजार ७४० पुगेको छ ।

भारतपछि सबैभन्दा धेरै संक्रमित ब्राजिलमा फेला परेका छन् । ब्राजिलमा पछिल्लो २४ घण्टामा ८० हजार भन्दाबढी संक्रमित थपिएका छन् भने तीन हजार ७७४ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिकामा ७२ हजारमा संक्रमण पुष्टि भएको छ ।