नेपालमा थप ३०३ मा कोरोना पुष्टि,एक जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २,८०,०२८ पुगेको छ ।

त्यस्तै आइतबार थप १४१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २,७४,०२७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३,०४० पुगेको छ । क्वारेन्टाइनमा ८३ जना छन् भने आइसोलेसनमा २,९६१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: