शुक्रबार, चैत १६, २०८०

म्यान्मारमा प्रदर्शनकारीमाथि सेनाद्वारा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा ८० जनाको मृत्यु

म्यानमारमा सैनिक कु विरुद्धमा जारी प्रदर्शनका क्रममा थप ८० जनाको मृत्यु भएको छ । म्यानमारको बागो शहरमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली प्रहारबाट ८० जना मारिएका हुन् । प्रत्यक्षदर्शीका अनुसार सैनिकहरुले ठूला हतियारको प्रयोग गरेका थिए । सैनिक सत्ता कायम राख्नका लागि सेनाले बल प्रयोग गरिरहेको छ ।

८० जनाको मृत्यु भएको समाचार बाहिर आएपनि वास्तविक मृतकको संख्या लुकाइएको आंशका गरिएको छ । प्रदर्शनका क्रममा हालसम्म ६ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रदर्शन हिंसात्मक बन्दै गइरहेको अन्तर्राष्ट्रिय समुदायले समेत चासो र चिन्ता व्यक्त गर्दै आन्दोलनको भत्र्सना गरिरहेका छन् । म्यानमारमा सैनिक कु भएयता निरन्तर प्रदर्शन जारी छ । म्यानमारका जनताले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी लगायत बन्दीको रिहाइ तथा प्रजातन्त्र पुनर्वहालीको माग माग राखेर निरन्तर आन्दोलन गरिरहेका हुन् ।