शुक्रबार, बैशाख १४, २०८१

संक्रमण बढ्दै गएपछि टोकियोमा आपतकालिन अवस्थाका कडा नियम लागू गर्ने तयारी

जापान । कोरोना संक्रमण बढ्दै गएपछि टोकियोमा आपतकालिन अवस्थाका कडा नियमहरु लागू गर्ने तयारी गरिएको छ ।
टोकियो महानगरले बिहिबार केन्द्र सरकारलाई ओसाका, ह्योगो र मियागी प्रिफेक्चरमा लागू प्रसारको रोकथाम जस्ता प्राथमिकताका उपायहरू लागू गर्न अनुरोध गरेको जापान टुडेमा समाचार छ ।
विज्ञहरूसँग एक बैठक बसेर विज्ञको बिचार सुनेपछि अन्तिम निर्णय लिने गर्भनर युरिको कोईकेले बताएकी छिन् । टोकियोमा पुष्टि संक्रमितको संख्या लगातार बढिरहेको छ, दुई महिना अघि फेब्रुअरी ६ पश्चात पहिलो पटक अप्रिल ८ तारिख ५ सय ४५ र ओसाकामा सबैभन्दा बढी ९०५ जनामा संक्रमित भएका छन् । टोकियोमा संक्रमितको यो उच्च बृद्धि संक्रामक भाइरसका बिरामीको बृद्धिलाई ठानिएको छ ।

पछिल्लो अवस्थाको प्रतिक्रियामा शहरले ८ तारिख प्रसारको रोकथाम जस्ता प्राथमिकताका उपायहरू लागू गर्न केन्द्र सरकारलाई अनुरोध गरेको हो । हालसम्म, विशेषज्ञहरूले उत्परिवर्ती भाइरसहरूको कारण पुष्टि भएका संक्रमणहरूमा भएको तीव्र वृद्धिको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

केही विज्ञहरूले भने यसअघिनै तत्काल विशेष निर्णय गरेर कदम चाल्न भन्दै महानगरलाई ओसाका क्षेत्रमा जस्तै नियम पछ्याउन सुझाव दिइसकेका छन् ।
महानगरले गर्ने अनुरोध अनुसार केन्द्र सरकारले नयाँ कानुनमा आधारित विशेष उपायहरु अपनाउने छुट महानगरलाई दिएमा रात्रिकालिन व्यवसाय ८ बजे बन्द गर्न भनिनेछ । महानगरको अनुरोध वेवास्ता गर्ने व्यवसायहरुलाई दण्ड जरिवाना तिराईनेछ ।
यसबाहेक व्यवसायहरुलाई कोरोना भाइरस प्रतिरोधी उपाय अपनाउन बाध्य पारिनुका साथै नियमित अनुगमन समेत हुनेछ ।