स्वास्थ्य शिविरमा एघार सय भन्दा बढीको स्वास्थ्य परीक्षण

काठमाडौं । विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपा परिसरमा बाल सचेतना केन्द्र नेपालले आयोजना गरेको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा एघार सय भन्दाबढी मानिस लाभान्वित भएका छन् ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्व र नेपाल भारत मैत्री हस्पिटल, ॐ समाज डेन्टल हस्पिटल र चाईना हस्पिटल प्रा.लिको सहकार्यमा एघार सय भन्दाबढी बढीको स्वास्थ्य परीक्षण गरिएको बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबुराम फुयालले जानकारी दिनुभयो । कोभिड १९ का कारण अस्पतालमा गएर स्वास्थ्य परिक्षण गराउन समस्या हुँदै आएको भन्दै त्यहाँका स्थानियहरुलाई सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको बताउँदै उहाँले शिविर सञ्चालनका लागि सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । शिविरमा बिरामीहरुलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो ।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र मान लामाले उद्घाटन गर्नुभएको शिविरको माईति नेपाकी अध्यक्ष, सिएनएन हिरो, पूर्व मन्त्री एवम् वरिष्ठ समाजसेवी अनुराधा कोइरालाले समापन गर्नुभएको थियो । उहाँले महिला तथा बालबालिकाहरुलाई सेवा गर्नु सबैको कर्तव्य भएको बताउँदै संस्थाले गरेका कार्यक्रमप्रति धन्वाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरुको अपेक्षा राख्नुभएको थियो । यस्ता कार्यक्रमले धेरै व्यक्तिहरुलाई स्वास्थ्य प्रतिको चेतना जगाउनुका साथै स्वास्थ्य प्रतिको जनजागरणमा लाग्न प्रेरित भएको उहाँले बताउनुभयो ।

यस्तै, चैत्र २० गते शुक्रबारका दिन भएको दन्त शिविरमा ३ सय जना भन्दाबढीले दाँतको उपचार गराएकामा जसमध्ये २५ जना भन्दाबढीको दाँता निकालिएको थियो । शिविरबाट स्थानिय स्तरका गरिब, असहाय, विपन्न, जेष्ठ नागरिहरु लाभान्वित भएको आयोजकले जनाएको छ । यस्तै, उक्त दिन शुद्ध प्राकृतिक आयुर्वेदिक विधिद्वारा पनि करिब २ सय जनाले सेवा लिएका थिए ।  यस्तै कार्यक्रममा बाल सचेतना केन्द्र नेपालको स्थापना काल देखि नै संस्थाले गरेका सामाजिक कामको साहसिक तवरले समाचार संकलन गरी आम नागरिकलाइ सुसुचित गराउन सहयोग गरेको भन्दै लोकेश्वर मिडिया प्रा.ली.का संचालक श्याम तामाङ र रेडियो क्रान्तिका संचालक मायालु लामालाई पत्रकारको रुपमा उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको थियोे । साथै, आ आफ्नो क्षेत्रबाट सहयोग पुर्याएको भन्दै विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत समाजसेवीहरुलाई पनि सम्मान गर्नुका साथै संंस्थाका आजिवन सदस्यहरुलाई सदस्यता वितरण गरिएको थियो ।

यसैगरी, दुई दिन संचालन हुने स्वास्थ्य शिविरको पुर्व सन्ध्यामा काठमाडौं क्षेत्र नम्बर ३ का संघिय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सरसफाई कार्यक्रम गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: