शुक्रबार, बैशाख १४, २०८१

विश्वमा १० करोड ५२ लाख मानिस संक्रमणमुक्त,२८ लाख ५० हजारको मृत्यु

विश्वमा १० करोड ५२ लाखभन्दा बढी मानिस कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १० करोड ५२ लाख ९५ हजार २ सय ४७ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हाल विश्वमा १३ करोड आठ लाख २ हजार १ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ लाख ५० हजार एक सय ५२ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा दुई करोड २६ लाख ५६ हजार ७ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म तीन करोड १३ लाख १४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई करोड ३८ लाख २५ हजारभन्दा बढी निको भएका छन् भने पाँच लाख ६७ हजार ६ सय १० जना संक्रमितको मृत्यु भईसकेका छन् ।

भारतमा हालसम्म एक करोड २३ लाख ९१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये एक करोड १५ लाख ६७ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ६४ हजार एक सय ४१ जना पुगेको छ।