आइतबार, असोज २५, २०८३

नेपालमा थप ७३ मा कोरोना पुष्टि ,तीन जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ७३ जनामा कोरोना पुष्टि भएको हो। यो सहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार २१६ पुगेको छ।

यस्तै, पछिल्लो २४ घन्टामा ६४ जना निको भएर फर्किएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ४७१ पुगेको छ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट तीन जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ७ सय ७७ पुगेको छ।

हाल नेपालमा नौ सय ६८ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।