पहरी मातृभाषा उत्थानको लागि सचेतना : मातृभाषा शिक्षा कार्यक्रममा जोड्

ललितपुर । नेपालको आदिवासी जनजाति मध्ये सीमान्तकृत समूहमा पर्ने पहरी जातिको मातृ भाषाको उत्थानको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
ललितपुरको पहरी भाषा बोल्नेहरु लगाएत भाषा बिज्ञको सहभागितामा सचेतना कार्यक्रम शनिवार सम्पन्न भएको हो ।

उक्त कार्यक्रमका सहभागिले पहरी भाषा संरक्षण र विकासको लागि पहरी मातृभाषा शिक्षा कार्यक्रममा जोड दिनु पर्ने बताएका छन ।

पहरी मातृभाषा शिक्षा कार्यक्रममा नेपाल पहरी महिला विकास सघंकी अध्यक्ष बिना पहरीले सरकारले पहरी भाषालाई वेवस्था र संरक्षणमा चासो नदिएकोले पहरीहरु आफैले बिगतबाट नै विभिन्न कार्यक्रम गर्दै आएको बताउनु भयो ।

उक्त नेपाल पहरी महिला विकास संघको संयोजन र भाषा आयोगको आयोजनामा विज्ञको प्रस्तुति रहेको थियो । सो कार्यक्रममा भाषाबिज्ञहरु अमृत योञ्जन तामाङ,डा यशोकान्त भट्टचन,डा चुन्दा बज्रचार्य,डा लोकबहादुर लोप्चन,देवीप्रसाद उपाध्याय,उपसचिव शिक्षा शाखा प्रमुख,गोदावरी नगरपालिका ललितपुर वडा नं ४ का वडाध्यक्ष मुकुन्द पहरी, वडाध्यक्ष वडा नं ६ का बिष्णुमान महर्जन,ललितपुरका विभिन्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष तथा प्रिन्सिपल र शिक्षकहरूको सहभागि रहेको थियो ।

पहरी भाषाको उत्थान र बिकासको लागि माघ २३ गते सिन्धुपाल्चोकको जामुने र माघ २४ गते ललितपुर सातदोबाटोमा मातृ भाषा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया