क्याप्टेन अरुणा शाही जिताउ अभियानलाई जापानबाट १ लाख सहयोग

टोकियो । नेपाली राष्ट्रिय महिला भलिबल टिम क्याप्टेन अरुणा शाही जिताउ अभियानलाई जापानबाट एक लाख रुपैया सहयोग पठाएको छ ।
नेपाल भलिबल संघ जापानका निवर्तमान अध्यक्ष तथा पश्चिम अञ्चल भलिबल संघका उपाध्याक्ष नबिन कुमार गुरुङको संयोजनमा नेपाल भलिबल संघ जापान शाखाबाट अरुणालाई एक लाख सहयोग संकलन गरि हस्तान्तरण गरेको हो ।

पल्सर स्पोर्ट्स अवार्ड २०७६ अन्तर्गत पिपुल्स च्वाईस बिद्यामा विजया हुन सफल नेपाली राष्ट्रिय महिला भलिबल टिम क्याप्टेन अरुणा शाही जिताउ अभियनलाइ मध्यनजर गर्दै सहयोगार्थ नेपाल भलिबल संघ जापानका संस्थापक अध्यक्ष तथा पश्चिम अञ्चल भलिबल संघका उपाध्यक्ष नबिन कुमार गुरुङको संयोजकत्वमा नेपाल भलिबल संघ जापान शाखाको तर्फबाट सहयोग गरेको गुरुङले जानकारी दिनुभयो ।

उक्त अभियानमा सहयोग नबिनकुमारगुरुङ,रत्न सिंह बस्नेत,भिक्टर ठाडा मगर,बसन्त थापा ,महेन्द्र सहानी,लक्ष्मण कार्की, विजय भण्डारी,अम्बर भण्डारी,दिपेश खत्री,कृष्ण खड्का,ददिवल खड्का,महेन्द्र भण्डारी, दिप थापा,रामु थापा,ले सहायोग गर्नु भएको थियो ।

छोटो समयको अवधिमा जम्मा गरिएको एक लाख पुष २६ गतेका दिन अरुणा शाहि जिताउ अभियानको लागि अरुणा शाहिलाई हस्तान्तरण गरिएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया