ओखलढुंगा सेवा समाजको पहलबाट विद्यालयमा ६ थान कम्प्यूटर प्रदान

जापान । ओखलढुंगा सेवा समाज जापानले लामो समय देखी आफ्नो जिल्लामा आपत बिपत र आर्थिक आभाबले रोगको उपचार गर्न नसक्ने जिल्लाबासीहरुलाई जापान र नेपालमा सहयोग गर्दै आएको छ ।

यसपालि भने अलि फरक सहयोग गरेको अध्यक्ष सन्तोष बानियाले जानकारी दिनु भएको छ । ओखलढुंगा सेवा समाज जापान र ओखलढुंगा सेवा समाज कोरियाको सहकार्यमा खीजीदेम्बा गाउँपालिकाको नरमदेश्वर माध्यामिक विधालयलाई ६ थान कम्प्यूटर १ थान लिड टिभी हस्तान्तरण गरेको छ ।

अध्यक्ष सन्तोष बानियाले बताउनु भयो । सरकारी विद्यालयमा पनी कम्प्यूटरको सामान्य ज्ञानको जानकारी होस भन्ने उद्देश्यले ओखलढुंगा सेवा समाज जापानका सक्रिय सदस्य पुरंजननेपालको संयोजकमा अभियान सुरू गरीएको थियो ।

छोटों समयमा नेपालले आफ्नो ज़िम्मेवारी पुरा गर्नु भएकोमा संस्था सबै सदस्यहरूले धन्यबाद दिएको छ । यस अभियानमा सहयोग गरिदिनुहुने सम्पूर्ण सहयोगी मनहरुलाई अध्यक्ष बानिया धन्यबाद दिनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया