टोकियो ओलम्पिक निर्धारित मितिमा हुनेमा शंका: अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल

जापान । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) मा सबैभन्दा लामो समय सदस्य रहेका डिक पाउन्डले टोकियो ओलम्पिक नयाँ निर्धारित मितिमा पनि आयोजना हुनेमा शंका व्यक्त गरेका छन् ।

टोकियो शहरमा कोभिड–१९ का कारण आपतकालीन स्थितिको घोषणा गरिए पनि आयोजकले पूर्व निर्धारित खेल आयोजना गर्न तयार रहेको बताएको छ ।

कोरोनाकै कारण १ वर्ष सारिएको विश्व खेलकुदको महामेला टोकियो शहरमा सन् २०२१ को जुलाइ २३ देखि अगष्ट ८ सम्म आयोजना हुने जनाएको छ ।
पाउन्डका अनुसार टोकियो ओलम्पिकमा सहभागीहरुका लागि कोरोना खोपको व्यवस्था गर्नुपर्छ । उनले आयोजकलाई यो पनि भनेका छन् कि जापान प्रवेश गर्ने क्रममा उनीहरुले खोप लगाए÷नलगाएकोबारे प्रष्ट हुनुपर्छ ।

आईओसीले यसअघि खेलाडीहरुलाई खोप लगाउन बाध्य नपारिने वक्तब्य दिएको थियो । तर उनले भने, ‘सँगसँगै आईओसी र अन्तर्राष्ट्रिय पाराओलम्पिक कमिटीले खेलका लागि सहभागी बिदेशी खेलाडीको सम्भावित खोप कार्यक्रममा गठबन्धन तयार गरिरहेको छ,’ उनले थपे, ‘खेलाडी भनेको महत्वपूर्ण रोलमोडल हो । र खोप लगाएपछि उनले महत्वपूर्ण सन्देश दिन सक्छन् कि खोप अभियान केवल व्यक्तिगत स्वास्थ्यका लागि मात्र होइन, यो त समुदायमा अर्काको हितका लागि एकजुटता पनि हो ।

यसअघि बिहीबार जापानी प्रधानमन्त्री योशिहिदे सुगाले शहरमा संकटको अवस्था भन्दै आपतकालको घोषणा गरेका थिए । उनले भने, यो घोषणा टोकियो ओलम्पिक र यस गर्मीमा सुरक्षित खेल आयोजनाका लागि अवसर प्रदान गर्नेछ । टोकियोमा आपतकाल र नयाँ नियमले रेस्टुरेन्ट र बारहरुलाई लक्षित गर्नेछ ।

कोरोना भाइरसको महामारी रोक्नका लागि गरिएका प्रयासहरुका कारण ओलम्पिक आयोजनाको लागत २।८ विलियन अमेरिकी डलर थपिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया