शुक्रबार, बैशाख ०७, २०८१

कास्की पोखरा समाज जापानको चौंथो अधिवेशन डिसेम्बर ६ तारिख हुने,तयारी तिव्र

टोकियो । कास्की पोखरा समाज जापानले आफ्नो चौंथो अधिवेशन यहि डिसेम्बर ६ तारिखको दिन गर्ने भएको छ । जापानमा क्रियाशील समाजको चौंथो अधिवेशनसंगै नयाँ नेतृत्व समेत चयन हुने अध्यक्ष विकास श्रेष्ठले जानकारी दिनुभयो ।
जापानमा आई बसोबास गरेका कास्केली सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुलाई संस्थाले डिसेम्बर ६ तारिख आइतवार जुम हलमा ११ बजे जोडिन अनुरोध गरेको छ । कास्की पोखरा समाज जापानको चौंथो अधिवेशनको तयारी तिव्र पारेको छ । जापानमा करिब ९० भन्दा धेरै संघसंस्था भए पनि अस्तित्वमा रहेका काम गर्ने संस्था केहि मात्रामा रहेका छन् ।
कास्की पोखरा समाज जापानले पनि यहाँ समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेको छ ।