हङकङको रेष्टुरेन्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु

हङ्कङ । हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । एक दर्जन बढी घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।
राति ८ बजेको समयमा भएको आगलागीमा परी मृत्यु हुने अधिकांश बागलुङका छन् । आगलागीमा परी डर दर्जन घाइते भएका थिए ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाएके छ । घाइतेमध्ये एकजना सामान्य उपचारपछि घर फर्किएका छन् । सोमबार बिहानै क्वीन एलिजावेथ र क्वांग वाह अस्पताल पुगेर फर्केका हङकङ एकीकृत नेपाली समाजका यमलाल कँडेलका अनुसार, मृतक सातमध्ये क्वांग वाहमा चार र क्वीन एलिजावेथ अस्पतालमा तीन जनाको शव छ ।
घटनास्थल याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो । अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया