जापानको फुकुओकामा नेपाली वाणिज्य दूतावास स्थापना

फुकुओका । जापानको क्युशु फुकुओकामा नेपाली वाणिज्य दूतावास स्थापना भएको छ । नोभेम्बर ११ तारिख एक कार्यक्रमको बीच उद्घाटन सम्पन्न भएको हो । नेपालीहरुको बाक्लो उपस्थिति रहेको फुकुओका वाणिज्य दूतावासको आवश्यकता महसुस गरी सरकारले किमोतो युइचिरोलाई दूत नियुत्त गरी कार्यालय संचालन गरेको हो ।गत अक्टोबर २६ तारिखबाट हाकाता एकी हिगासीमा बाणिज्य दूतावासको कार्यालय खोलिएको थियो ।

वाणिज्य दूतावास उद्घाटन समारोहमा प्रमुख अतिथिको नेपाली राजदुत महामहिम प्रतिभा राणा जुममार्फत गर्नु भएको थियो भने अन्तर्राष्ट्रिय ब्यूरो, योजना र क्षेत्रीय विकास विभाग, फुकुओका प्रान्तका निर्देशक फुरुकावा र फुकुओका शहर सामान्य मामिला योजना ब्यूरो अन्तरराष्ट्रिय बिभागका निर्देशक कुबोताले शुभकामना दिनुभएको थियो ।

त्यस्तै क्युस्युमा सक्रिय नेपाली संघसंस्थाहरुको प्रतिनिधित्त्व गर्दै धर्मराज अधिकारिले आफ्नो शुभकामना मन्तब्य राख्नुभएको थियो भने समारोहमा नेपाल झल्किने नृत्य तथा नेपाली बाजा प्रयोग गरिएका धुनहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै नब नियुक्त बाणिज्यदूत किमोतो युइचिरोले उपस्थित सबैलाई धन्यबाद दिँदै आफू पनि झन्डै २२ बर्ष जति विदेशको जीवन ब्यतित गरेकोले परदेशको सकशको अनुभब भएकोले नेपाल र नेपालीको हितको लागि आफ्नो तर्फबाट सक्दो प्रयास रहने बिचार ब्यक्त गर्नुभयो ।समरोहमा फुकुओका प्रिफेक्चर र सिटीका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधिहरु,जापानी भाषा स्कुलका प्रतिनिधिहरु, ब्यबसायिक ब्यक्तिहरु, स्थानीय नेपाली संघ संस्थाहरुका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन एनआरएन जापान क्युशुका संयोजक देवराज उप्रेतिले गर्नुभएको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया