शुक्रबार, चैत १६, २०८०

नागोयामा बस्दै आएका बास्तोलाको मृत्यु,दाहसंस्कार गर्न सहयोगको अपिल

नागोया । जापानको आईची प्रान्तस्थित नागोया शहरमा बस्दै आएका २१ बर्षिय विशाल बास्तोलाको मृत्यु भएको छ ।
ओखलढुंगा टोक्सेल स्थायी घर भई गत सेप्टेम्बर २३ तारिख राती आफ्नै कोठामा अचेत अवस्थामा फेला परेका बास्तोलाको अक्टोबर ८ तारिख उपचारकोक्रममा हस्पिटलमा निधन भएको हो ।
मृतक बास्तोला जापान आएको पनि धेरै नभएको र आर्थिक अवस्था पनि मज़बूत नभएकाले दाहसंस्कार लगायतका कार्यमा आवाश्यक रकम व्यवस्थापनका लागि जापानमै रहेका उनका दिदी भिनाजुले जापानवासी नेपाली तथा नेपाली संघसंस्थाहरुलाई सहयोगका लागि अनुरोध गरेका छन् ।
मृतक बास्तोका भिनाजु लोकनाथ अधिकारीका अनुसार एनआरएनए जापानले यो अप्ठ्यारोमा ठूलो सहयोग गरिरहेको छ । विशेष गरी एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की र एनआरएनए नागोया क्षेत्रिय समिति अध्यक्ष श्याम शीतल लगायतका व्यक्तिहरुले घटनाको सुरूवातबाटै अस्पताल र घटनास्थलमा गएर र प्रहरी अनुसन्धानको लागि पनि ठूलो पहल गरेको अधिकारीले बताउनु भयो ।

सहयोगको लागि : जापान पोस्ट बैंक ,खाता न. 10100-56787801
सुनिता बास्तोला