जिम्मेवार मिडियाले भ्रमपूर्ण समाचार प्रशारण गर्नु दु:खद : माधव ढुंगेल

काठमाडौं । नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले आफुँमाथी लगाएको आरोप पुष्टी गरेर देखाउन चुनौती दिएका छन् ।
आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुराकानी गर्दै ढुंगेलले एक टिभिलाई चुनौती दिएका हुन् । कान्तिपुर टेलिभिजनले ढुंगेलमाथी “राष्ट्रिय युवा परिषदमा सिन्को नभाँचेका माधव ढुंगेललाई पुनः जिम्मेवारी” को आरोप लगाएपछि ढुंगेल खरो रुपमा प्रस्तुत भएका हुन् । पहिलो कार्यकालमा ७०० भन्दा बढी कार्यक्रम गरेको परिषद्ले केही गरेन भन्नू दुखद रहेको र जिम्मेवार मिडियाले भ्रमपुर्ण समाचार प्रशारण गरेकोमा दुख समेत ब्यक्त गरे ।
आशाका किरण मिडियाले तयार गरेको भिडियो वार्ता

फेसबुकबाट तपाइको प्रतिक्रिया