उपत्यकामा ११९ सहित ५९४ जनामा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या ९९ पुग्यो

काठमाडौं ।नेपाला पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९४जनामा संक्रमण पुुष्टि भएको बताएका हुन् । शुक्रबार काठमाडौंका थप ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका थप ३० जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ११ हजार ५ सय ७५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १४ हजार ६ सय ३८ जना छन् । आइसोलेसनमा ७ हजार ९ सय १३ सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबार थप २ सय ४० जना डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९९ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया