शुक्रबार, चैत १६, २०८०

विश्वमा १ करोड ३९ लाख भन्दाबढी कोरोनामुक्त,७ लाख ५३ हजारबढीको मृत्यु

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ३९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड १० लाख ८० हजार ३ सय ५७ जना सङ्क्रमण पुष्टि भएकामा १ करोड ३९ लाख ११ हजार ४ सय १४ जना उपचार पछि निको भएर घर फर्किएका हुन् । पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ४ सय भन्दाबढी संक्रमण पुष्टि भएका छन् भने ६ हजार ३ सय १५ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

यस्तै, कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ लाख ५३ हजार ४ सय ६७ पुगेको वल्डोमिटरमा उल्लेख छ। संक्रमितमध्ये ६४ लाख १५ हजार ४ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६४ हजार ४ सयबढीको अवस्था गम्भिर रहेको छ ।

यस्तै, युरोपियन मुलुकहरूमा ३१ लाख २७ हजार ५ सय ५ जना,
उत्तर अमेरिकी मुलुकहरूमा ६३ लाख ७३ हजार ७९९,एसियाली मुलुकहरूमा ५३ लाख ९२ हजार २९४ जना, दक्षिण अमेरिकी मुलुकहरूमा ५० लाख ६१ हजार ८९२ जना,अफ्रिकी मुलुकहरूमा १० लाख ८८ हजार ३३८ जना र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा २४ हजार ४०८ जना संक्रमित भएका छन् ।

यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ५४ लाख १५ हजार ६ सय भन्दाबढी सङ्क्रमित भएका छन् । संक्रमितमध्ये २८ लाख ४३ हजार २ सय बढी निको भएका छन् भने १ लाख ७० हजार ४ सय भन्दा धेरैको ज्यान गएको छ ।

यस्तै, ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ३२ लाख २९ हजार ६ सय २१ पुगेको छ भने १ लाख ५ हजार ५ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २३ लाख ५६ हजार ६ सय भन्दा बढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २४ लाख ५९ हजार ६ सय भन्दाबढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ६४ हजार १ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ हजार ६ जनाको ज्यान गएको छ । यस्तै कोरोनाका कारण मृत्यु हुनेको संख्या ४८ हजार १ सय ४४ पुगेको छ ।

संक्रमितमध्ये १७ लाख ५० हजार ६ सय भन्दा धेरै निको भएका छन् भने ६ लाख ६० हजारको उपचार भइरहेको छ । जसमध्ये ८ हजार ९ बढी अवस्था गम्भीर रहेको छ ।