नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण,मृत्यु हुनेकोे संख्या ८३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । काठमाडौंमा १ सय १०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै सङ्क्रमितको सङ्ख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १० हजार ४ सय ६२ जनाको नमुना परीक्षण गरिएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार २ सय १ जना रहेका छन् ।

मंगलबार थप १ सय ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणबाट थप चार जनाको मृत्यू भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ८३ जना पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: