काठमाडौं उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौंमा आइतबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा दुई जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५ सय १५ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् । आइसोलेसनमा ६ हजार ५ सय ४४ जना सक्रिया संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

आइतबार थप ४० जना डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म निको भइ डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको छ

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: