जापानबाट स्वदेश फर्कन अगस्ट १० मा चार्टर विमान आउने,तयारी हुन अपिल

टोकियो । कोरोना भाइरसको महामारीसंगै नेपालमा लकडाउनको कारण स्वदेश फर्कन नपाई जापानमा रहेका नेपालीको उद्धारको लागि आउदो हप्ता अगस्ट १० तारिख चार्टर विमान आउने भएको छ ।
सोमबार नेपाली राजदुतावास टोकियो जापानले एक सूचना जारी गरि नेपाल जानै पर्ने अवस्थामा जापानमा रहेका नेपालीलाई तयारीका लागि अनुरोध गरेको छ ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्ट १०, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरेको छ । नेपाल जानका लागि फाराम भरी यस अघि नाम प्रकाशित भई विविध कारणले जान नसक्नुभएका र प्रकाशित सूचीमा नाम भएका नेपाल जान इच्छुक व्यक्तिहरुले तयारी गर्नुहुन समेत अनुरोध दुतावासले गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: