नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो,थप ३११ जनामा संक्रमण

काठमाडौं । नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
मंगलबार कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । साउन ९ गते निधन भएका एक पुरुषमा आज संक्रमण पुष्टि भएको हो । बझाङको बुंगल ३ का ६५ वर्षिय पुरुषको साउन ९ गते निधन भएको प्रवक्ता गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५,०३२ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १५,३३१ जना छन् । आइसोलेसनमा ५,१३९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । मंगलबार थप १२१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १३,८७५ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया