जापानद्धारा नेपालसहित १७ देशलाई प्रवेश प्रतिबन्ध

टोकियो । जापानले कोरोना भाइरसको बढ्दो संक्रमणलाई रोक्न पछिल्लो पटक नेपालसहित १७ देश प्रवेश प्रतिबन्ध लगाएको छ ।
जापानको कानुन मन्त्रालयले आफ्नो वेवसाइटमा बुधबार एक सूचना प्रकाशित गरि प्रतिवन्ध लागेका देशहरुको सूचिमा नेपाल समेत थप गरेको छ । नेपाल सहित विभिन्न १७ देश यात्रा नगर्न आफ्ना नागरिकहरुलाई यात्रा चेतावनी जारी गरेको हो । औपचारिक रुपमा जुलाई २४ तारिखबाट प्रतिबन्ध जारी गरेको छ । जापानको कानुन मन्त्रालयको अनुसार योसहित १४६ देशलाई प्रतिबन्ध लगाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया