गल्कोट समाज जापान कान्तो क्षेत्रको पाँचौ अधिबेशन अगस्ट ११ मा हुने

जापान । गल्कोट समाज क्षेत्रीय कार्यसमिति कान्तोको अधिबेशन गर्ने निर्णय गरेको छ ।
गत मंगलवार बसेको कार्यसमिति टोकियो(कान्तो)को अन्तिम बैठक २०२० अगस्ट ११ तारिख पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो । कार्यसमिति कान्तोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा सम्पन्न बैठकमा गल्कोट समाज जापानका संरक्षक एवं अन्तर्राष्ट्रीय गल्कोट समाजका संयोजक बेलुकाजी थापा, गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष दिलु खत्री र केन्द्रीय सदस्य किसान बस्नेत समेतको उपस्थिति रहेको थियो ।
सचिब दुर्गा बहादुर खत्रीको संचालनमा सम्पन्न बैठकमा सम्पुर्ण कार्यसमिति सदस्यहरुले २ बर्षको कार्यकालमा भएका कार्यको समीक्षा र भावी दिनहरुमा समाजलाई दिन सक्ने योगदानका बिषयमा आ-आफ्ना धारणा ब्यक्त गर्नुभएको थियो ।
बैठकले “गल्कोट समाज कल्याणकारी अक्षयकोष टोकियो २०२०” को अक्षयकोष निर्देशिका जारी गरेको छ । कार्यसमितिको निर्णयबाट हाललाई अक्षयकोषमा ११ लाख रहने गरी कोष संचालन निर्देशिका जारी गरेको छ।हरेक पटक गल्कोट समाज क्षेत्रीय कार्यसमिति पुनर्गठन भए संगै अक्षयकोष संचालक समिती पनि गठन हुने गरी निर्देशिका जारी गरिएको हो ।
संस्थाका कोषाध्यक्ष राजु बस्नेतले कार्यसमितिको यस कार्यकालको आय-ब्यय प्रस्तुत गर्नु भएको थियो ।भने सचिव दुर्गा बहादुर खत्रीले प्रगति बिबरण प्रस्तुत गरी सर्वसहमतिबाट पारित भएको थियो । बिभिन्न सामाजिक गतिबिधीमा सक्रिय भुमिका निर्वाह गर्ने बर्तमान कार्यसमितिका सदस्य दिनेश थापा, हिमाल कडेल र कृष्ण शर्मा लाई क्षेत्रीय कार्यसमितिले “सक्रिय सदस्य सम्मान”प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।
केन्द्रीय कार्यसमितिको निर्देशन अनुरूप आगामी ११ तारिक दिउसो १ बजेदेखी ईकेबुकुरो स्थित तोसिमा कुमिन सेन्टरको सातौं तल्लाको सभाहल ७०२-७०३ मा गर्ने तय भएको छ । अधिबेशन सम्पन्न गर्नका लागि संरक्षक नर बहादुर थापा, सल्लाहकार रामकृष्ण बम मल्ल तथा बाबुराम सापकोटालाई ज़िम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया