शुक्रबार, चैत १६, २०८०

टोकियोको कामतामा रोश कलेक्सन एण्ड मार्टको सेवा सुरु

टोकियो : नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित कामता जेआर कामता स्टेशन नजिक रोश कलेक्सन एण्ड मार्टले आफ्नो सेवा अन्तर्गत बुटिक तथा मार्टको ब्यावसाय सुरु गरेको छ । नेपालीहरुको समस्यालाई ध्यानमा राखी नयाँ व्यावसायको शुभाम्भ भएको हो ।
गत आइतवार एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी,नेपाली व्यावसायि सङ्घ जापानका अध्यक्ष बिजय थकाली एब व्याबसायि सन्चालिका रोशनी विष्ट द्वरा सम्युक्त रुपमा रिवन काटि व्यावसायको उदघाटन् गरिएको थियो ।
यस पसलमा महिला तथा बच्चाहरुको लागी साडी,चोलो,कुर्था,लेहेङ्गा,गाउन चुरा(टीका साथै श्रीङार सामाग्री लगायत पुरुषहरुको लागी दौरा ,सुरुवाल,कोट ढाकाटोपी लगायतका अन्य सामाग्रीहरु उपलब्ध छन् । ग्राहकको माग अनुसारको कपडा कोअडर सिलाइको सुविधा र घर तथा रेस्टुरेन्टको लागी चाहिने खाध्यान्न सामग्रीहरु,भाडा(कुडा पनि सस्तो मुल्यमा खरिद गर्न सकिने बुटिक एवम मार्ट सन्चालिका रोशनी विष्ट बताउनु भयो । रेमिटेन्स सेवा ,नेपाल जान आउन हवाइ टिकटको सेवा पनि उपलब्ध रहेको अर्का संचालक अर्जुन अधिकारी बताउनु भयो । जापानको व्यस्त दैनिकीलाई ख्याल गरि होम डिलिभरीको सुविधा समेत रहेको बताइएको छ ।