कतारबाट रिमा साईराम सेवा घरलाई खड्काले संकलित ५२ हजार रुपैयाँ सहयोग

दोहा । कतारबाट रिमा साईराम सेवा घरलाई बासुदेब खड्काको पहलमा संकलित ५२ हजार ४०६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ ।
रामेछाप जिल्ला मन्थली नगरपालिका १२ गेलु घर भई हाल कतारमा कार्यरत बासुदेव खड्काबाट संकलन भएको ५२ हजार ४०६ रुपैयाँ रिमा साईराम सेवा घरकी संचालिका रिमा सापकोटाले जानकारी दिनुभयो । कतारबाट प्राप्त भएको सहयोग रकम टुहुरा तथा असायकहरूको सेवामा खर्च गरिने जनाएको छ । रोडमा अलपत्र तथा गरीब दुःखीको अभिभावक बन्दै आएको रिमा सेवा घरलाई कोभिड १९ र नेपालमा लकडाउनको समस्याले खानपिनको व्यवस्थापनको लागि सहयोग गरिएको बासुदेब खड्काले बताउनु भयो । साथै सहयोगदाता लगायत सम्पूर्ण सहयोगी मनहरुलाई हृदयदेखि धन्याबाद व्यक्त गरेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया