दुबै मृगौलाले काम नगरेपछि अ‌स्पतालको शैय्यामा हरिमाया,सहयोगको अपिल

शशिकला मोक्तान,जापान । रामेछाप घर भएकी हरिमाया तामाङको दुबै मृगौलाले काम नगरेपछि अ‌स्पतालको शैय्याबाट आर्थिक सहयोगको अनुरोध गर्नु भएके छ ।
रामेछाप खाँडादेवी गाउँपालिका वडा नं ७ घर भएकी हरिमाया तामाङ लामो समयदेखि दुबै मृगौला फेल भएको कारण अ‌स्पतालको शैय्यामा छट्पटिन बाध्य भएकी छन ।
बिरामी हरिमाया तामाङको बिगत १ बर्ष अगाडिदेखि ललितपुरको सुमेरु अस्पतालमा उपचार भइरहेको र कोरोनाभाइरसका कारण नेपालमा लगडाउन भएपछि गाउँ जादा उपचार गर्न एक महिना ढिलाइ भएकोले थप समस्या भएको जापानमा रहेका बिरामीका भाइ बाबुलाल तामाङले जानकारी दिनुभएको छ ।

बिरामीले पछिल्लो समय साताको २ पटक डाइलाइसिस गरिदै आइरहेता पनि अप्रेशन गरेर तुरुन्त मृगौला फेनुपर्ने र मृगौला फेर्न करिब १३ लाख रुपैया खर्च हुने परिबारलाई अस्पताल स्रोतले जानकारी दिएपछि सामान्य परिवारका हरिमाया तामाङलाई समस्या परेको छ । बिरामीको परिवारले उपचारको लागि घरको आयस्रोतले नभ्याउने भएको हँदा सरोकारवाला निकाय र आम नेपाली समुदायहरुमा समेत सहयोगको लागि अपिल गरेका छन ।

बाबुलाल मोक्तान (भाई) हाल जापान फुकुअेाका
09042087578
jp bank 17480-93881321

फेसबुकबाट तपाइको प्रतिक्रिया